अमेरिकाले क्युबामाथिको प्रतिबन्ध खुकुलो बनायो

डिसी नेपाल
३ जेठ २०७९ १३:०९
76
Shares

न्युयोर्क। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि लगाएको कठोर प्रतिबन्ध सहज पार्ने अमेरिकी अधिकारीहरूले बताएका छन्। बाइडेन प्रशासनले स्वीकृत गरेको नयाँ कदममा पारिवारिक रेमिट्यान्स र क्युबा भ्रमणमा लागेको प्रतिबन्ध सहज बनाइने छ। क्युबेलीका लागि अमेरिकी भिसा प्रक्रिया पनि तीब्र पारिनेछ।

यस कदमले क्युवाली नागरिकहरूलाई ‘सरकारी दमन’ बाट मुक्त जीवन बिताउन अनुमति दिने विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताए। प्रतिबन्धहरू खुकुलो पार्नुले पारिवारिक रेमिटेन्समा कटौती गर्नेछ।

आप्रवासीहरूले क्युबामा परिवारका सदस्यहरूलाई पठाएको रकम पनि हट्नेछ। पहिले आप्रवासीहरूलाई प्रत्येक तीन महिनामा १ हजार डलरभन्दा बढी पठाउन रोक थियो।

यसअघि पूर्वराष्ट्रपति बाराक ओबामाले क्युबामाथि गरेको खुकुलोलाई कडाई गर्दैै सन् २०१७ मा क्युबा सरकारमाथि प्रतिबन्ध लगाएको हो। ट्रम्प प्रशासनले भिसा पक्रियामा कटौती, रेमिट्यान्समा प्रतिबन्ध र अमेरिकी नागरिकहरूलाई पारिवारिक भ्रमणबाहेक अन्य कुनै कारणले क्युबा जान रोक लगाइएको थियो।

तर, वाइडेन प्रशासनले गरेको खुकुलोलाई क्युबाले स्वागत गरेको छ। क्युबाका विदेशमन्त्रीले प्रतिबन्ध खुकुलोलाई सहजताको दिशामा एउटा सानो कदम भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *