युक्रेनी सैनिकहरूले धमाधम रूससामु आत्मसमर्पण गर्न थाले

डिसी नेपाल
५ जेठ २०७९ १२:३४
8.4k
Shares

काठमाडौं । युक्रेनले झण्डै तीन महिनाको युद्धपछि आफ्नो दक्षिणी किल्ला मारियुपोल गुमाएको छ । यहाँ युक्रेनको अन्तिम लडाकु दस्ताले पनि रुससामु आत्मसमर्पण गरेको छ । रुसी सेनाले हालसम्म करिब १ हजार युक्रेनी सैनिकले मारियुपोल छोडेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले बुधबार बताएअनुसार अजोभस्टल स्टिल प्लान्टमा पछिल्लो २४ घण्टामा ६९४ युक्रेनी सैनिकले रुसी सेनासमक्ष आत्मसमर्पण गरेका छन् । सोमबारदेखि हालसम्म ९५९ सैनिकले आत्मसमर्पण गरेका छन् । तर, युक्रेनले रुसको यो दाबी पुष्टि गरेको छैन । युक्रेनी अधिकारीहरूले प्लान्ट छोड्ने सैनिकहरूको संख्या अझै सार्वजनिक गरेका छैनन्।

युक्रेनका मानवअधिकार लोकपाल ल्युडमिला डेनिसोभाले रुसी सेनाले मारियुपोलबाट ३ हजार भन्दा बढी मानिसलाई समातेर पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रको ओलेनिभका नजिकको एउटा उपनिवेशमा राखेको बताइन्।

मारिउपोल स्टिल प्लान्टबाट सातवटा बसमा कैयौं युक्रेनी सैनिकलाई पनि यहाँ ल्याइएको छ । यहाँ एक महिना बढी सर्वसाधारणलाई राखिएको भए पनि पूर्व सैनिक र लडाकुलाई दुई महिना राखिएको उनले दाबी गरिन् ।

रुसले बुधबार फ्रान्सेली दूतावासका ३४ कर्मचारीलाई आफ्नो देशबाट हटाउन आदेश दिएको छ । युरोपेली मुलुकले रुसमाथि गरेको कारबाहीको प्रतिक्रियास्वरूप आफूले उनीहरुलाई निष्कासन गरेको रूसले बताएको छ । रुसका लागि फ्रान्सेली राजदूत पियरे लेभीलाई बोलाएर देश छाड्न दुई साता बाँकी रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *