इन्धनमाथिको निर्भरता अन्त्य गर्ने योजनामा ईयू
लन्डन। युरोपेली आयोगले रूसी जीवाश्म ईन्धनमा युरोपको निर्भरतालाई अन्त्य गर्ने योजना बनाएको छ। रूसले ईयूको ४० प्रतिशत प्राकृतिक ग्यास र यसको आयातित तेलको २७ प्रतिशत आपूर्ति गर्दछ। इयूबाट रुसलाई प्रतिवर्ष करिब ४०० अर्ब यूरो पुग्छ।
अब ईयूले हरित ऊर्जामा तीब्रता दिने योजना बनाएको छ। रुसी उर्जा प्रयोग गरेर युक्रेनको युद्धमा सहयोग गरेको ईयूमाथि आरोप लाग्दै आएको छ। बढ्दो ऊर्जा लागतले उपभोक्ताहरू र युरोपको व्यावसायमा वित्तीय दबाब पनि परेको छ।
अद्यावधिक गरिएका प्रस्तावहरूले ईयूले तत्कालै ग्यास संकटलाई कसरी समाधान गर्ने भनेर वार्ता गर्ने योजना मात्र बनाएको छैन, सन् २०३० सम्ममा रुसी ऊर्जाबाट पूर्णरूपमा छुटकारा पाउने वाचाहरू पनि गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment