अफताव आलमको छोरा राजिक आलम राजपुरको मेयरमा निर्वाचित
रौतहट। नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा मोहम्मद डा.राजिक आलम राजपुर नगरपालिकाकाे मेयरमा निर्वाचित भएका छन् । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित अफतावका छोरा राजिकले ६ हजार ३३५ मत प्राप्त गरे । उनी नेपाली कांग्रेसका उम्मेदवार थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद जैद आलमले ३ हजार ७५१ मत पाए ।उपमेयरमा कांग्रेसकै जमिला असगरीले ६ हजार २६८ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी जसपाकी चिन्ताकुमारी कलवारले ३ हजार ६२९ मत मात्र ल्याइन् ।
बुबा अफताव व्यक्ति हत्याको अभियोगमा नख्खु कारगारमा पुर्पक्षका लागि थुनामा रहेका बेला छोरा राजिक मेयरमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment