मर्चवारी पालिका अध्यक्ष, उपाध्यक्षमा जनता प्रगततिशील पार्टी विजयी

डिसी नेपाल
७ जेठ २०७९ ७:००
76
Shares

भैरहवा। रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन्। ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरे।

एक हजार १ सय ४० मतान्तरले विजयी भएका गया नेपाली कांग्रेसबाट नै मर्चवारीको टिकट पाउने चर्चा थियो, अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि गया जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए।

यस्तै, पालिका उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह २ हजार ९ सय ६५ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसको सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन्।

७ वडा रहेको मर्चवारीमा वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कृष्ण कुमार सिंह ७ सय ६३ मत ल्याई निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका क्षेत्रिय सभापति मुकेश यादवले ७ सय ३७ मत प्राप्त गरे।

वडा नम्बर २ मा लोसपाकै शशिदयाल चौधरी, वडा नम्बर ३ मा नेपाली कांग्रेसका जर्नादन यादव, वडा नम्बर ४ मा लोसपाका ओम प्रकाश चौधरी, वडा नम्बर ५ मा जनता प्रगतिशील पार्टीका कृष्ण कुमार सिंह, वडा नम्बर ६ मा जनमत पार्टीका रामसेवक खरविन्द, र वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी कुर्मि निर्वाचित भएका छन । २२ हजार ७ सय ४७ मतदाता रहेको पालिकामा १७ हजार ३ सय ५७ जनाले मताधिकार प्रयोग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.