जेल सजाय पाएपछि नवजोत सिंह सिद्धुले पटियाला अदालतमा आत्मसमर्पण गरे

डिसी नेपाल
७ जेठ २०७९ १०:१४
1.3k
Shares

काठमाडौं । कांग्रेस नेता तथा पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धुले पटियाला अदालतमा आत्मसमर्पण गरेका छन् । बिहीबार सर्वोच्च अदालतले सन् १९८८ को रोड रेज मुद्दामा उनलाई एक वर्षको जेल सजाय सुनाएको थियो ।

नवजोत सिंह सिद्धुका मिडिया सल्लाहकार सुरिंदर डल्लाले पत्रकारहरुलाई बताएअनुसार सिद्धुले मुख्य न्यायिक मजिस्ट्रेट समक्ष आत्मसमर्पण गरेका छन्। अब उनीको स्वास्थ्य परीक्षण र अन्य प्रक्रिया पूरा हुनेछ ।

यस विषयमा सर्वोच्च अदालतमा पुनरावलोकन याचिका दायर भएको थियो । यो मुद्दा तीन दशकभन्दा पुरानो हो । पीडित परिवारले यस मामिलामा सर्वोच्च अदालतको २०१८ को फैसलाविरुद्ध पुनरावलोकन याचिका दायर गरेका थिए।

आफ्नो २०१८ को फैसलामा सर्वोच्च अदालतले सिद्धु विरुद्धको हत्याको आरोपलाई खारेज गरेको थियो र उनको तीन वर्षको सजायलाई घटाएको थियो । अदालतले उनलाई १ हजार रुपैयाँ जरिवाना लगायो।

यो मामला सन् १९८८ को हो। सिद्धुमाथि गुरनाम नामका व्यक्तिलाई कुटपिट गरेको आरोप लगाइएको थियो, त्यसपछि उनको मृत्यु भएको थियो । यस मामिलामा ट्रायल कोर्टले यसअघि सिद्धुलाई सफाइ दिएको थियो तर सन् १९९९ मा उक्त फैसलाविरुद्ध उच्च अदालतमा अपील गरिएको थियो।

पछि, पञ्जाब-हरियाणा उच्च अदालतले सिद्धुलाई दोषी ठहर गर्‍यो र उनलाई हत्याको रूपमा नभई दुर्घटनावश हत्याको लागि तीन वर्षको जेल सजाय सुनाएको थियो। त्यसपछि यो मामिला सर्वोच्च अदालत पुग्यो र सर्वोच्चले सन् २०१८ मा आदेश दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *