बालेनको मत ३३ हजार माथि, सिर्जनाले स्थापितलाई भेट्टाउनै लागिन्

डिसी नेपाल
७ जेठ २०७९ १०:३४
1.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन् । उनको मत ३३ हजारभन्दा धेरै भइसकेको छ ।

अहिलेसम्मम ९१ हजार ९७२ मत गणना हुँदा बालेन्द्र बालेनले ३३ हजार ६२४ मत पाएका छन् । एमालेका केशव स्थापित १८ हजार १८९ र कांग्रेसकी सृजना सिंहले १८ हजार ०५४ मत पाएकी छिन् ।

बालेनले केशव स्थापितसँग १५ हजार ४३५ र सृजना सिंहसँग १५ हजार ५७० मतको अग्रता लिइरहेका छन् । पछिल्लो समय स्थापितको तुलनामा सृजनाको मत बधेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.