अष्ट्रेलियामा निर्वाचनः प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय

डिसी नेपाल
८ जेठ २०७९ ६:३१
192
Shares

सिड्नी। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार गरेका छन्। प्रारम्भिक रुझानले प्रधानमन्त्री मोरिसनको लिबरल–नेसनल गठबन्धनले चुनावमा हार्ने देखाइरहेका बेला प्रधानमन्त्रीले पराजय स्वीकार गरेको विवरणहरुमा जनाइएको छ।

‘आज राति मैले विपक्षी नेता र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग कुरा गरेको छु। मैले उहाँलाई चुनावी जितको लागि बधाई दिएको छु’, मोरिसनले भने।

‘अष्ट्रेलियालीहरूले ठूलो समर्थन र उनीहरूको शक्ति, लचिलोपन र चरित्र देखाएका छन् । म यसका लागि उनीहरूलाई धन्यवाद दिन्छु’, मोरिसनले भने, ‘सरकारको रूपमा हामीले राष्ट्रको सुरक्षामा लगानी गरेका छौं।’

गठबन्धनको नेतृत्व गरिरहेका लेबर नेता नेता एन्थोनी अल्बानीजले नयाँ अर्को सरकार बनाउने तयारी गरेको समाचारमा जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *