कोभिड खोप सहयोग गर्ने अमेरिकी प्रस्तावलाई उत्तर कोरियाले वास्तै गरेन
सिउल। कोभिड खोप सहयोग गर्ने अमेरिकी प्रस्तावलाई उत्तर कोरियाले कुनै जबाफ दिएको छैन। महामारीको सामना गरिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावलाई उत्तर कोरियाले अस्वीकार गरेको हो। उत्तर कोरियाले भन्दै आएको ‘ज्वरो’ का कारण अहिलेसम्म २५ लाख मानिस बिरामी परेका छन्।
ज्वरोको संक्रमणपछि देशभर लकडाउन घोषणा गरिएको छ । आंशिक रुपमा परीक्षण वा खोपको आपूर्ति गरिएकाले उत्तरमा कोभिडको निकै जोखिम बढेको हुनसक्ने अनुमान गरिएको छ ।
दक्षिण कोरियाको भ्रमणमा रहेका राष्ट्रपति बाइडेनले राजधानी सिउलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले उत्तर कोरियालाई मात्र होइन चीनलाई पनि खोप प्रस्ताव गरेका छौँ । उत्तरको प्रकोप नियन्त्रण गर्न तत्काल खोप प्रदान गर्न तयार छौँ । तर, हामीले कुनै जबाफ नै पाएनौँ । ’
विश्व समुदायबाट नै करिब एक्लो बनेको उत्तर कोरियाले यसअघि कोभ्यासलाई अस्वीकार गरेको थियो । त्यस्तै, दक्षिण कोरियाको खोप प्रस्तावलाई पनि उसले अस्वीकार गरेको थियो ।
यसको सट्टा उसले आफ्नो सिमानाहरू सिल गरेर कोभिडलाई सफलतापूर्वक नियन्त्रण गरेको दाबी ग¥यो । यद्यपि, त्यहाँ लामो समयदेखि कोभिड प्रकोप रहेको विज्ञहरूको भनाइ छ । कोभिड बढेपछि हर्ब चिया, अदुवा पानीजस्ता घरेलु उपाय अप्नाएको बताइन्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment