अफगान टिभी प्रस्तोतालाई अनुहार ढाक्न तालिबानको उर्दी

डिसी नेपाल
८ जेठ २०७९ १२:१३
76
Shares

काबुल। तालिबानले महिला अफगान टिभी प्रस्तोता र स्क्रिनमा रहेका अन्य महिलाहरूलाई आफ्नो अनुहार छोप्न आदेश दिएको छ। मिडिया आउटलेटहरूलाई बुधवार आदेशको बारेमा बताइएको एक धार्मिक प्रहरी प्रवक्ताले बताए।

तालिबानले सबै महिलाहरूलाई सार्वजनिक रूपमा अनुहारमा बुर्का लगाउन वा सजायको भागिदार हुन आदेश दिएको दुई सातापछि पछिल्लो निर्णय आएको हो।

१५ अगस्टमा अफगान सत्तामा आएको तालिबानले महिलाहरूमाथि प्रतिबन्धहरू कडा बनाएको छ। उनीहरूलाई पुरुष अभिभावकबिना यात्रा गर्न प्रतिबन्ध लगाइएको छ र केटीहरूको लागि माध्यमिक विद्यालयहरू बन्द छन्।

तालिबानको पछिल्लो निर्देशन सुनेर आफू चकित परेको एउटा स्थानीय टेलिभिजन स्टेसनमा काम गर्ने एक महिला अफगान पत्रकारले बताइन्।

‘टेलिभिजनमा हामीलाई रोक्न उनीहरूले अप्रत्यक्ष रुपमा दबाब दिइरहेका छन्। ‘म कसरी मुख छोपेर समाचार पढ्न सक्छु ? अब के गर्ने थाहा छैन । मैले काम गर्नुपर्छ। घर परिवार पाल्ने जिम्मा ममाथि छ।’

तालिबानको नयाँ घोषणा २१ मेदेखि लागू हुने रोयटर्स समाचार संस्थाले जनाएको छ। तालिबानको निर्दैशनलाई समूहका प्रवक्ताले ‘सल्लाह’ को रुपमा उल्लेख गरेका छन्। पालन नगर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने बारेमा केही उल्लेख छैन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *