अमेरिकामाथि रुसी प्रतिबन्धः राष्ट्रपति बाइडेनसहित ९३६ जनाको सूचीमा ट्रम्प परेनन्

डिसी नेपाल
८ जेठ २०७९ १२:५४
520
Shares

मस्को। रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ। सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन्। त्यस्तै, सूचीमा उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन्।

रोचक पक्ष के छ भने सूचीमा पूवराष्ट्रपति ट्रम्पको नाम समावेश छैन्। आफ्नो कार्यकालमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग झुकाव राखेका थिए । ट्रम्पले विगतमा पनि सार्वजनिक रूपमा पुटिनको प्रशंसा गर्न आफ्नै गुप्तचर रायको विरुद्ध गएका थिए।

पछिल्लो सूचीलाई रुसले पश्चिमी प्रतिबन्धहरूविरुद्ध बदला लिने प्रतीकात्मक कदमको रूपमा हेरिएको छ। सूचीमा अब रुस प्रवेशमा स्थायी रूपमा प्रतिबन्धित ९६३ अमेरिकी समावेश छन्।

युक्रेन आक्रमणको पूर्वसन्ध्यामा अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको थियो। अप्ठ्यारो प्रतिबन्धहरूले रुसी अर्थतन्त्रलाई कठिन बनाएको छ । अमेरिकी प्रतिबन्ध युक्रेनमा थप रुसी कारबाहीविरुद्धमा अवरोध सिद्ध भएका छन्।

अद्यावधिक गरिएको सूचीमा अमेरिकी सिनेटर र प्रतिनिधि सभाका सदस्यहरूको बहुमत छ। यसमा वर्तमान र पूर्वसरकारी अधिकारीहरू, पत्रकारहरू र थप विषय पनि उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *