स्पोर्ट्स ब्रा लगाएर खेल्न खोज्दा स्कुलले छात्राहरूको पूरै टिमलाई प्रतिबन्ध लगायो

डिसी नेपाल
८ जेठ २०७९ १३:४१
744
Shares

काठमाडौं । अमेरिकाको एक विद्यालयले स्पोर्ट्स ब्रा लगाएको कारण छात्राहरूको सम्पूर्ण टिमलाई प्रतिबन्ध लगाएको छ । गर्मीका कारण विद्यालयका छात्राहरु स्पोर्ट्स ब्रा लगाएर खेल्न चाहन्थे । जबकि यो विद्यालय व्यवस्थापनले स्वीकृत गरेको छैन। केटाहरूले भने गर्मीमा टी-सर्ट समेत नलगाइ अभ्यास गर्ने विद्यालयका छात्राहरू बताउँछन्।

छात्रा खेलकुद टोलीका छात्राहरुले व्यवस्थापनमा दोहोरो मनोवृत्ति भएको आरोप लगाएका छन् । सोही क्रममा छात्राहरूले आफ्नो स्कुलका कर्मचारीसँग झगडा गरेको व्यवस्थापनले जनाएको छ । न्युयोर्कको यो विद्यालयको निर्णयको विरुद्धमा छात्राहरू अहिले एकजुट भएका छन् ।

न्युयोर्क लगायत अमेरिकाका धेरै भागहरु आजकाल गर्मीको चपेटामा परेका छन् । यस्तो अवस्थामा विद्यालयका छात्रा खेलाडी टोली स्पोर्ट्स ब्रा लगाएर खेल्न चाहन्थे । तर विद्यालय व्यवस्थापनले उनीलाई ड्रेसकोडमा खेल्न भनेको थियो ।

यस्तो अवस्थामा टोलीका केही छात्राले स्पोर्ट्स–ब्रा लगाएर विरोध जनाएका छन् । त्यसपछि विद्यालय व्यवस्थापनले सम्पूर्ण टोलीलाई प्रतिबन्ध लगाएको छ । जबकी अर्को साता नै छात्राहरूका केही स्थानीय प्रतियोगिता हुने भएका छन् ।

छात्राहरुको टोलीलाई विद्यालयले उनीहरुको प्रशिक्षक पुरुष रहेको बताएको थियो । त्यसैले उनीहरूलाई स्पोर्ट्स ब्रा लगाएर खेल्न दिइँदैन। विद्यालयको लैङ्गिक पूर्वाग्रही पोशाक संहिताविरुद्ध छात्राहरूले अभियान चलाएका छन् । अहिले तीन हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् ।

विद्यालयका छात्राहरुको टोलीले पनि ड्रेसकोडको विरोध गरिरहेको छ । किनभने यो स्कूल ड्रेस कोड छात्राहरूको लागि मात्र हो। केटाहरू कहिलेकाहीं शर्टलेस खेल्छन्। यस विद्यालयमा आजसम्म कुनै पनि यस्ता केटालाई कारबाही भएको छैन ।

विद्यालयको निर्णयपछि छात्राहरुले विरोध गरेका थिए । त्यसपछि छात्राहरुको खेलकुद प्रशिक्षक र विद्यालयका कर्मचारीसँग झगडा भएको थियो । त्यही आधारमा अहिले विद्यालयले ती छात्रालाई कारबाही गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *