बेहुला आउन नसकेपछि बेहुलाको पुत्लासँग बिहे !
काठमाडौं । कोरोनाका कारण धेरै पटक मानिसले अनौठो परिस्थितिबाट गुज्रनु परेको छ । पछिल्ला दुई वर्षमा धेरैले विवाह पनि स्थगित गरेका छन् भने कतिपय अझै पनि विवाहको पर्खाइमा छन् । उदाहरणका लागि जोडीको विवाहको लागि केही दिन बाँकी छ र ऊ कोविड पोजिटिभ भयो भने के हुन्छ ? एक जोडीसँग यस्तै भएको छ ।
अमान्डा मिचेल र साम ग्रीनबर्गले कोरोनाका कारण विवाह गर्न लामो समय पर्खिरहेका थिए । तर, अहिले उनीहरूले विवाहको सम्पूर्ण तयारी पूरा गरिसकेका थिए । बिहे आउन केही दिन मात्रै बाँकी थियो कि बेहुला साम ग्रीनबर्ग कोभिड पोजिटिभ देखिए । अब उनीहरुसँग बिहेको कार्यक्रम फेरि एकपटक स्थगित गर्ने एउटै विकल्प बाँकी थियो ।
तर, उनीहरूले कसैले सोच्न नसक्ने विकल्प रोजे । साम आफ्नो विवाहको पार्टीमा उपस्थित भएनन्, तर उनको कार्डबोर्ड कट-आउटले उनले गर्नुपर्ने काम गर्यो । यसरी पहिले जस्तै सबै विवाह समारोह सम्पन्न भयो।
View this post on Instagram







डिसी नेपाल







Facebook Comment