मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु

डिसी नेपाल
११ जेठ २०७९ ८:४३
92
Shares

मेक्सिको सिटी। बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ। आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन्। आक्रमणमा दुई जना घाइते भएका छन्। गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसारमारिनेमा सात जना महिला छन्।

आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए। शवहरु टेबल र कुर्चीमा छरिएको अवस्थामा फेला परेका थिए। आक्रमणको उद्देश्य प्रष्ट हुन सकेको छैन्। मेक्सिकोमा आपराधिक समूहले बारम्बार सर्वसाधारणलाई निशाना बनाउने गरेका छन्। लागुऔषध, तस्करीका कारण आपराधिक गतिविधि निरन्तर बढिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *