भारतीय गृहणीले खानीमा फेला पारिन हिरा
मध्य प्रदेश। मध्यप्रदेशको पन्ना जिल्लाको एउटा गाउँकी एक महिलाले एउटा खानीमा २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेकी छिन्। सो हिरा राम्रो गुणस्तरको भएको र लिलामीमा १० लाख भारु पुग्न सक्ने भारतीय अधिकारीहरूले जनाएका छन्।
महिलाका श्रीमानले हिराको लिलामीबाट राम्रो मूल्य पाएमा पन्ना सहरमा घर किन्न चाहेको बताए। उनी पेसाले किसान हुन्।
जिल्लाको कृष्ण कल्याणपुर पाटी क्षेत्रमा भाडामा लिएको खानीमा गृहिणी चमेली बाईले २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेको पन्नाको हीरा कार्यालयका अधिकारी अनुपम सिंहले बताए।
ती महिलाले मंगलबार हिरा कार्यालयमा सो बहुमूल्य ढुंगा डिपोजिट गरेको अधिकारीले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment