यूएईमा पनि देखियो मंकीपक्स

डिसी नेपाल
११ जेठ २०७९ १२:३४
340
Shares

दुबई। विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाईटेड अरब इमिरेट्समा पनि देखिएको छ। मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो। यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो। भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ।

पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर्षीया महिलामा भाइरस देखिएको थियो। उनको हाल उपचार भइरहेको त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। ‘हामीले संदिग्ध बिरामीहरूको निदानको लागि सटिक संयन्त्र राखेका छौं’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

सामान्य ज्वारो आउनु, शरिरमा फोका देखिनु मंकीपक्सका लक्षण हुन्। युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन्। अन्य धेरै संदिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *