भारतले चिनी निर्यातमा सीमा तोक्यो

डिसी नेपाल
११ जेठ २०७९ १५:४९
564
Shares

नयाँ दिल्ली। ६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ। सरकारले यो सिजनका लागि एक करोड टन निर्यातको सीमा तोकेको छ।

घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो कदम चालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। देशका मिलहरूले विश्व बजारमा कीर्तिमानी मात्रामा चिनी बिक्री गरेका छन्।

१ जुनदेखि ३१ अक्टोबरसम्म विदेशमा कुनै पनि ढुवानीका लागि निर्यातकर्ताहरूलाई सरकारसँग अनुमति माग्न सरकारले जारी गरेको आदेशमा उल्लेख छ। भारत संसारकै सबैभन्दा धेरै चिनी उत्पादन गर्ने देश हो । भारत ब्राजिपछिको दोस्रो ठूलो निर्यातकसमेत हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *