जेलमा के गर्दैछन् सिद्धू ? जेलभित्र पाए यस्तो काम

डिसी नेपाल
१२ जेठ २०७९ १२:३६

काठमाडौं । ३४ वर्ष पुरानो रोड रेज मुद्दामा १ वर्षको जेल सजाय भोगिरहेका पूर्व क्रिकेटर तथा राजनीतिज्ञ नवजोत सिंह सिद्धुलाई जेल प्राधिकरणले पटियाला सेन्टर जेलमा सहायकको काम सुम्पेको छ । यसलाई जेलको भाषामा मुन्शी भनिन्छ ।

जेल स्रोतका अनुसार नवजोत सिंह सिद्धुले मंगलबारदेखि नै आफ्नो काम गर्न थालेका छन् । नवजोत सिंह सिद्धुले आफ्नो काम २ सिफ्टमा पूरा गर्नेछन् । एउटा सिफ्ट बिहान ९:०० देखि १२:०० सम्म र अर्को दिउँसो ३:०० देखि ५:०० सम्म हुनेछ। यसबीच उनले ३ घण्टाको ब्रेक पनि पाउनेछन् ।

हालै मात्रै समाचार आएको थियो कि सिद्धुले जेलमा दाल र रोटी खान अस्वीकार गरेका छन् । जसका कारण उनको स्वास्थ्यमा समेत असर परेको छ । सोमबार उनलाई पटियालाको राजेन्द्र अस्पतालमा लगिएको थियो ।

जहाँ उनको मेडिकल चेकअप गरिएको थियो । सिद्धुले आफूलाई गहुँबाट एलर्जी भएको भन्दै जेलको खाना खान अस्वीकार गरेको बताए । उनले जेलको दाल रोटी खाँदैनन् । सलाद मात्रै खाएर गुजारा चलाउँछन् ।

सिद्धुका मिडिया सल्लाहकार सुरिंदर डल्लाका अनुसार सिद्धुलाई गहुँबाट एलर्जी छ । उनले गहुँको रोटी खान सक्दैनन्। उनले लामो समयदेखि रोटी नखाएकाले विशेष आहारको माग गरेका छन् ।

अस्पतालले जारी गरेको डाइट चार्टमा सिद्धुले हरेक बिहान रोजमेरी चिया, आधा गिलास सेतो पेठाको जुस वा नरिवलको पानी पिउनुपर्ने उल्लेख गरिएको छ ।

डाक्टरहरूले सिद्धुलाई खाजा अघि एक गिलास चुकन्दर, घिउ, काकडी, मौसमी, तुलसी, अमलाको जुस पिउनुपर्ने सल्लाह दिएका छन् ।

चिकित्सकहरूका अनुसार जुस नखाने अवस्थामा हरियो चना, काँक्रो, टमाटर, कागतीसँगै अंकुरेको कालो चना खान भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *