उडिरहेको विमानको सिसा फुटेर बाहिर उछिट्टिएका पाइलट यसरी बचे

डिसी नेपाल
१२ जेठ २०७९ १३:०१

काठमाडौं । आकाशमा उडिरहेको विमानबाट पाइलट अचानक बाहिर निस्किए भने के हुन्छ ? निस्सन्देह, यो सोचेर मात्र हाम्रो मन काँप्छ। तर एक पटक ब्रिटिस एयरवेजका पाइलट टिम ल्यान्कास्टरसँग यस्तै घटना भएको छ । ल्यान्कास्टर त्यतिबेला २३,००० फिटको उचाइमा ककपिटको झ्यालको सिसा फुटेका कारणले विमानबाट बाहिर हुत्तिए, यद्यपि उनलाई बचाइएको थियो।

वास्तवमा यो घटना सन् १९९० को हो । बेलायतको अक्सफोर्डशायरमा एउटा विमान उडिरहेको थियो । त्यसपछि अचानक ककपिटको झ्याल फुट्यो र पाइलट टिम ल्यान्कास्टर झ्यालबाट बाहिर हुत्तिए । उनका साथी पाइलटले तुरुन्तै उनको खुट्टा समातेर उनलाई विमानबाट खस्नबाट बचाउने प्रयास गरे।

आकाशमा उडिरहेको विमानको ककपिटका दुईवटा झ्याल फुटेका थिए । यी फुटेका झ्यालहरूबाट पाइलट टिम ल्यान्कास्टर विमानबाट बाहिर गए। उनको खुट्टा एक साथी पाइलटले समातेका थिए जबकि उनको सम्पूर्ण शरीर विमान बाहिर थियो।

तर हावाहुरीका कारण सहपाइलट पनि विमानबाट बाहिर निस्कन थालेपछि मात्रै केबिन क्रूका अन्य सदस्य घटनास्थल पुगेका थिए । चालक दलका सदस्यले मानव साङ्लो बनाएर पाइलटलाई विमानबाट उछिट्टिनबाट बचाएका थिए । तर, हावा चलेको र विमानको बडीमा ठोक्किएर पाइलटलाई धेरै चोट लागेको थियो । उनको नाक र टाउकोबाट रगत बगिरहेको थियो ।

चालक दलका सदस्यहरूले दुवै पाइलटलाई बचाउने मात्र होइन, विमानलाई सकुशल अवतरण पनि गराए । यो अचम्मको कथा सन् २००५ मा नेशनल ज्योग्राफिकमा पनि देखाइएको थियो । हालै एक ट्वीटर प्रयोगकर्ताले यो कथा पोस्ट गरेपछि यो घटना फेरि चर्चामा आयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *