बंगलादेशमा पनि आर्थिक संकट, सरकारले धेरै कुरामा कडाइ गर्यो
काठमाडौं । बंगलादेश पनि आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्रा सञ्चितिमा बढ्दो दबाबका कारण त्यहाँको सरकारले आयात खर्च घटाउन जोड दिएको छ । बंगलादेशको अखबार डेली स्टारको रिपोर्ट अनुसार सरकारले अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्न चाहन्छ ।
डेली स्टारको रिपोर्ट अनुसार बंगलादेश सरकारले आफ्ना अधिकारीहरुको विदेश यात्रामा पनि प्रतिबन्ध लगाएको छ । सरकारले फूल, फलफूल, फर्निचर, सौन्दर्य प्रसाधनलगायत १३५ वस्तुमा आयात शुल्क बढाएर २० प्रतिशत पुर्याएको छ ।
बंगलादेशको राष्ट्रिय राजस्व बोर्ड (एनबीआर) ले मंगलबार यी उत्पादनहरूमा अधिकतम आयात शुल्क ३ प्रतिशत रहेको बताएको छ। मे १९ मा बंगलादेशको विदेशी मुद्रा सञ्चिति ४२.२ अर्ब डलर थियो। यो रकमबाट बंगलादेशले पाँच महिनाको आयात बिल तिर्न सक्नेछ । तर चिन्ता पाँच महिना पछि छ।
तर, बंगलादेशको विदेशी मुद्रा सञ्चिति पाकिस्तानको भन्दा दोब्बर छ । पाकिस्तानको विदेशी मुद्रा सञ्चिति १६ अर्ब डलर छ। गत वर्ष अगस्टमा बंगलादेशको विदेशी मुद्रा सञ्चिति ४८.१ अर्ब डलर थियो ।
पाकिस्तानको आर्थिक अवस्था नाजुक छ । विदेशी मुद्रा सञ्चिति पनि यहाँ खाली छ । गत हप्ता, पाकिस्तानले आयात घटाउन र विदेशी मुद्रा बचत गर्न सबै गैर-आवश्यक विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध लगाएको थियो। यो अवस्थालाई पाकिस्तानमा आर्थिक संकटकाल भनिएको छ । पाकिस्तानको चालू खाता घाटा १७ अर्ब डलर नाघेको छ । यहाँको मुद्रा पनि एक डलरको तुलनामा दुई सय रुपैयाँ पुगेको छ ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्री मरियम औरंगजेबले पत्रकारहरुलाई बताइन् कि प्रतिबन्ध लगाइएका विलासी सामानहरु थोरै मानिसहरुले प्रयोग गर्ने गरेको छ ।







डिसी नेपाल







Facebook Comment