भिडमाथि अन्धाधुन्ध गोली चलाइरहेका बन्दुकधारीलाई पार्टीमा गएकी महिलाले मारिदिइन्

डिसी नेपाल
१४ जेठ २०७९ १२:१२
8.7k
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकामा प्रहरीले पार्टीमा भाग लिएकी एक महिलाले सम्भावित गोलीबारीबाट मानिसहरूलाई बचाएको जानकारी दिएको छ। प्रहरीका अनुसार एक पुरुषले आफ्नो सेमी अटोमेटिक राइफलले मानिसमाथि गोली चलाउँदै गर्दा महिलाले आफ्नो पेस्तोलले गोली हानेकी हुन् ।

वेस्ट भर्जिनियाको चार्ल्सटनमा एक बन्दुकधारीले ३० देखि ४० जनालाई निशाना बनाउन खोजेका थिए । प्रहरी प्रवक्ता टोनी हेजलेटले भने कि ती महिलाले तुरुन्तै कारबाही गरिन् र धेरैको ज्यान बचाइन्। बन्दुकको विषयमा देशमा बहस चलिरहेको बेला यो घटना भएको हो ।

बालबालिका खेलिरहेको सडकबाट बुधबार साँझ शंकास्पद आक्रमणकारी तीव्र गतिमा गएका थिए । यसबारेमा उनलाई बिस्तारै गाडी चलाउन भनिएको थियो । त्यसपछि उनले आफ्नो एआर-१५ मोडलको राइफल लिएर आए र कारबाटै जन्मदिनको ग्रेजुएसन पार्टीमा गोली चलाउन थाले।

प्रहरी प्रवक्ता ह्याजलेटले पत्रकार सम्मेलनमा महिलाको पहिचान नखुलेको र उनले कानुनी रूपमा हतियार बोकेको बताए । घटनास्थलबाट भाग्नुको सट्टा आक्रमणकारीसँग लड्दै उनले धेरैको ज्यान बचाइन्।

घटना पछि महिला घटनास्थलमा थिइन् र अनुसन्धानकर्ताहरूलाई मद्दत गरिन्। प्रहरीले ती महिलाविरुद्ध कुनै उजुरी नपरेको बताएको छ भने आपराधिक इतिहास भएका ३७ वर्षीय डेनिस बटलरको धेरै गोली लागेर घटनास्थलमै मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *