फोटो भाइरल भएपछि यी डाक्टरलाई जागिरबाट निकालेर पासपोर्ट जफत, हेर्नुहोस् ५० फोटोहरू

डिसी नेपाल
१४ जेठ २०७९ १५:२०
2.4k
Shares

काठमाडौं । बिकिनीमा सुन्दर तस्बिर पोस्ट गरेको भन्दै एक महिला डाक्टरलाई जागिरबाट निकालिएको छ । अहिले उनको पासपोर्ट पनि जफत भएको छ । जसका कारण उनी कतै जान पाउँदिनन् । तर, इन्स्टाग्राममा उनका लाखौं फलोअर्स छन् र उनले मोडलिङबाट लाखौं रुपैयाँ कमाइरहेकी छिन् । यी डाक्टर सामाजिक सञ्जालमा निकै चर्चामा छिन् र मानिसहरूले उनीहरूमाथि लगाइएको यात्रा प्रतिबन्धको आलोचना गरिरहेका छन्।

म्यानमारकी नाङ म्वे सान २२ वर्षको उमेरमा डाक्टर बनेकी थिइन् । अभिभावकको दबाबमा उनले यो पेशा रोजेकी थिइन् । तर वास्तवमा उनी मोडल बन्न चाहन्थिन् । केही वर्ष अस्पतालमा बिरामीको उपचार गरेपछि मात्रै उनले व्यावसायिक फोटोसुटमा भाग लिन थालेकी हुन् । त्यसपछि उनलाई ग्लैमरस तस्बिरहरू पोस्ट गर्न निषेध गरिएको थियो। तर उनले मानिनन् । त्यसपछि ३३ वर्षीया डाक्टरको मेडिकल लाइसेन्स खारेज भयो । अब उनीमाथि यात्रामा पनि प्रतिबन्ध लगाइएको छ ।

डेली स्टारको रिपोर्ट अनुसार यी मोडल बैंकक जान चाहन्थिन् तर याङपोनको राहदानी कार्यालयले उनको राहदानी फिर्ता गर्न अस्वीकार गरेको छ । मोडलले आफ्नो राहदानी नवीकरण गराउने प्रयास गरेकी थिइन् । तर उनले आफ्नो यात्रा रद्द गर्नुपर्यो । रिपोर्टका अनुसार मोडलका बुवाको बैंककमा उपचार भइरहेको छ । अधिकारीहरूले उक्त मोडलको राहदानी मार्च ३१ देखि जफत गरिसकेका छन् । नाङले यो अन्याय भएको भन्दै आफ्नो यात्राको अधिकार हनन भएको बताएकी छिन् ।

यसअघि न्युयोर्क टाइम्ससँगको कुराकानीमा नाङले आफ्ना पूर्व सहकर्मीको आलोचना गरेकी थिइन् । उनले त्यतिबेला भनेकी थिइन्–यहाँ लैङ्गिक विभेद धेरै छ । यी मानिसहरू महिलाहरूले उच्च पदमा बसुन् भन्ने रउडँदैनन् र महिलाहरूको पहिरनबाट उनीहरूको मूल्यांकन गर्छन्। उनीहरुले मलाई व्यवहारमा विकार भएको बताए ।

एक रिपोर्टका अनुसार नाङले डाक्टरी पेशाभन्दा मोडलको पेशामा बढी कमाइ गरिरहेको बताइन् । मोडलिङबाट नाङले महिनामा ५ लाखदेखि ८ लाखसम्म कमाउँछिन् । मोडलका इन्स्टाग्राममा ६ लाखभन्दा बढी फलोअर्स छन् । हालै उनले अमेरिकाको टेक्सास विश्वविद्यालयमा म्यानमारको मानवअधिकारको अवस्थाबारे व्याख्यान दिएकी थिइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *