इन्डोनेसियामा डुङ्गा दुर्घटना, २६ जना अझै बेपत्ता

डिसी नेपाल
१४ जेठ २०७९ १७:२४
40
Shares

काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापुमा रहेको मकासर स्ट्रेटमा डुङ्गा डुब्दा २६ जना बेपत्ता भएका छन् । डुङ्गामा ४३ जना सवार थिए । जसमध्ये १७ जनाको उद्धार गरिएको छ ।

डुङ्गा बिहीबार मकासर बन्दरगाहबाट निस्किए पनि गन्तव्यमा पुग्न सकेको छैन । समाचार एजेन्सी एएफपीका अनुसार खराब मौसमका कारण डुङ्गामा इन्धन सकिएको स्थानीय अधिकारीहरूले आशंका गरेका छन्।

बैंकक पोष्टका अनुसार टग बोटबाट १७ यात्रुको उद्धार गरिएको थियो । उनीहरुलाई दक्षिण सुलावेसीको साउथ कालिमन्तन र जेनेपोन्टो लगिएको छ । राहत तथा उद्धार निकायका प्रमुख जुनैदीले शनिबार उद्धार टोलीका ४० जना बेपत्ता यात्रुको खोजी भइरहेको बताए ।

इन्डोनेसियाको समुन्द्रमा यस्ता डुङ्गा दुर्घटना बारम्बार हुने गरेको छ । इन्डोनेसियामा हजारौं टापुहरू छन् तर डुङ्गा र फेरीहरूमा सुरक्षा व्यवस्था एकदमै कमजोर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *