रुसी सेनाद्वारा पूर्वी युक्रेनमा तीब्र हमला

डिसी नेपाल
१५ जेठ २०७९ ११:५१
88
Shares

किभ। किभले पश्चिमासँग लामो दूरीको हतियार सहयोगको आह्वान गरिरहेका बेला रुसी फौज युक्रेनी शहर सिभिएरोडोनेत्स्कमा आफ्नो आक्रमणलाई तीव्र पारेका छन्। यसअघि रुसी फौजले नजिकैको रेल हब लिमान कब्जा गरेको दाबी गरेको थियो।

हालैका दिनहरूमा पूर्वी युक्रेनका दोनबास, लुहान्स्क र दोनेत्स्कलाई निशाना बनाएको रुसले युद्धको चौथो महिनामा युद्धमा एउटा सुक्ष्म गति परिवर्तन गरेको छ। रुसी रक्षा मन्त्रालयले शनिबार आफ्नो सेना र सहयोगी पृथकतावादी सेनाहरूले दोनेत्स्कको सिभरस्की डोनेत्स नदीको पश्चिममा रहेको लिमनलाई पूर्ण नियन्त्रणमा लिएको दाबी गरेका छन्।

यद्यपि, युक्रेनका उपरक्षामन्त्री हान्ना मलयारले लाइमनको लागि युद्ध जारी रहेको बताएकी छिन्। नदीको पूर्वी छेउमा रहेको लिमानबाट करिब ६० किलोमिटर टाढा रहेको सिभिएरोदोनेत्स्क रुसी सेनाको भारी गोलाबारीमा परेको छ।

‘सिभिएरोदोनेत्स्कमा दुश्मनको गोलि चलिरहेको छ’, युक्रेनी प्रहरीले सामाजिक सञ्जालमा लेखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *