१ वर्षपहिले के भएको थियो ? जसका कारण सिद्धू मूसेवालाको दिनदहाडै हत्या गरियो
काठमाडौं । सिद्धु मूसेवालाको हत्याको मुद्दा जटिल बन्दै गएको छ । फिरौती नतिरेको भन्दै मुसेवालाको ज्यान लिएको परिवारको भनाइ छ भने प्रहरीले आपसी दुश्मनीका कारण हत्या भएको बताएको छ । प्रहरी स्रोतले यो मुद्दा विक्की मिड्डुखेडा हत्यासँग सम्बन्धित रहेको र सोही कारणले सिद्धु मुसेवालाको हत्या भएको बताएको छ ।
सिद्धु मुसेवालाको हत्याको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको छ । लरेन्स बिश्नोई गिरोहको तर्फबाट फेसबुकमा लेखिएको छ, हत्याको जिम्मेवारी हामी लिन्छौँ, हाम्रो भाइ विक्कीको हत्यामा मूसेवालाले सघाएको थियो । यसको बदला लिइयो।
विक्की मिड्दुखेडा एक युवा अकाली नेता थिए। उनी लरेन्स बिश्नोईसँग पनि नजिक थिए । लरेन्स बिश्नोई पन्जाब विश्वविद्यालयका विद्यार्थी नेता पनि थिए। हाल लरेन्स बिश्नोई दविन्दर बम्बिहा गिरोहसँग विवादमा छन् ।
प्रहरी स्रोतका अनुसार हत्याको पछाडि आपसी दुश्मनी र गुटयुद्ध रहेको छ । यो सबै वर्ष २०१६ मा सुरु भयो। दविन्दर बम्बिहा भिडन्तमा मारिएका थिए। तर उनको गिरोह अझै चलिरहेको छ। लक्की पटियालले अहिले आर्मेनियाबाट दविन्दर बम्बिहा गिरोह सञ्चालन गर्दै आएका छन् ।
७ अगस्ट २०२१ मा युवा अकाली नेता विक्रम सिंह उर्फ विक्की मिड्दुखेडाको मोहालीमा सार्वजनिक रूपमा हत्या गरियो। बम्बिहा समूहले सामाजिक सञ्जालमा यसको जिम्मेवारी लिएको थियो।
विक्की लरेन्स बिश्नोई गिरोहका लागि काम गर्थे, त्यसैले उनको हत्या भएको बताइएको छ । मिड्डुखेडा हत्याकाण्डमा संलग्न बन्दुकधारीलाई मूसेवालाले आश्रय दिएका थिए, जसको बदला बिश्नोई गिरोहले लिएको हो ।
पछिल्लो अपडेट अनुसार लरेन्स बिश्नोईलाई पनि यस विषयमा सोधपुछ गरिने छ । लरेन्स बिश्नोई हाल तिहाड जेलमा छन् । पञ्जाब पुलिस यहाँ आएर सोधपुछ गर्नेछ र रिमान्डमा पनि लिन सक्छ।
हाल, दर्ता भएको एफआईआरमा, अज्ञात व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ। यसमा भारतीय दण्ड संहिताको धारा ३०२, ३०७, ३४१ र हतियार अधिनियमको धारा २५ र २७ लगाइएको छ। यो एफआइआर नगर–१ मनसा प्रहरी चौकीमा भएको हो ।
Facebook Comment