रुसबाट आयात हुने अधिकांश तेलमाथि प्रतिबन्ध लगाउन युरोप तयार

डिसी नेपाल
१७ जेठ २०७९ ९:११

काठमाडौं । युरोपेली संघका नेताहरूले यस वर्षको अन्त्यसम्म रुसबाट आउने तेलको करिब ९० प्रतिशत कटौती गर्न सैद्धान्तिक सहमति जनाएका छन् ।

बेल्जियमको राजधानी ब्रसेल्समा युक्रेनलाई सहायता उपलब्ध गराउन बोलाइएको दुईदिने बैठकको पहिलो दिन सोमबार उक्त निर्णय गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

यस बैठकमा युरोपेली नेताहरूले हंगेरीसँग चलिरहेको गतिरोधलाई पार गरेका छन्। तीन महिनाअघि रुसले युक्रेनमा गरेको आक्रमणपछि युरोपमा लगाइएका प्रतिबन्धहरू सबैभन्दा कडा मानिन्छ।

यो सम्झौतापछि युरोपेली संघले रुसमाथि लगाएको प्रतिबन्धको बाँकी छैटौं प्याकेज पनि लागू हुने कूटनीतिज्ञहरू बताउँछन् ।

जसमा रुसको सबैभन्दा ठूलो बैंक सेबर बैंकलाई स्विफ्ट मेसेजिङ सिस्टमबाट हटाउने निर्णय पनि समावेश छ।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले ट्वीट गरे: “रूसी तेल निर्यातमा प्रतिबन्ध लगाउने इयु सम्झौता।”

“यस सम्झौतामा, रूसबाट तेल आयात तुरुन्तै दुई तिहाइ भन्दा बढी कटौती गरिनेछ। यसले रसियालाई युद्ध अन्त्य गर्न अधिकतम दबाब दिनेछ,” उनले लेखे।

उनले अर्को ट्वीटमा लेखे, “यो प्रतिबन्ध प्याकेजमा धेरै कठिन कदमहरू समावेश छन्: रुसको सबैभन्दा ठूलो बैंक सेबर बैंक स्विफ्ट प्रणालीबाट हटाइनेछ, तीन रूसी राज्य प्रसारकहरू प्रतिबन्धित छन् र युक्रेनमा युद्ध अपराधमा संलग्नहरूमाथि प्रतिबन्ध लगाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *