गायक तथा कांग्रेस नेता सिद्धूको पोष्टमार्टम रिपोर्टमा डरलाग्दो खुलासा
काठमाडौं । पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धु मूसेवालाको पोस्टमार्टम सम्पन्न भएको छ । सोमबार राति पाँच चिकित्सकको टोलीले मुसेवालाको शवको पीएम गरेको थियो । तर, अहिलेसम्म प्रहरीलाई प्रतिवेदन बुझाइएको छैन ।
रिपोर्टमा भएको खुलासाअनुसार अत्याधुनिक बन्दुकबाट निस्किएका २४ गोली मुसेवालाको शरीरमा निस्केको र एउटा टाउकोको हड्डीमा अड्किएको स्रोतले जनाएको छ । आक्रमणकारीले करिब ३० राउण्ड फायर गरेका थिए ।
पोष्टमार्टमका क्रममा मुसेवालाको शरीरमा दुई दर्जन गोलीका घाउ भेटिएको मनसा जिल्ला अस्पताल स्रोतले जनाएको छ । रिपोर्टका अनुसार अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको हो । साथै, आन्तरिक अंगमा चोटपटक पनि पुष्टि भएको छ ।
पोष्टमार्टमपछि भिसेराको नमूना सुरक्षित राखेर थप अनुसन्धानका लागि पठाइएको बताइएको छ । तर, अस्पतालले पोष्टमार्टमको नतिजा प्रहरीलाई दिएको छैन ।
मृतक सिद्धु मुसेवालाको परिवार पोस्टमार्टम नगर्ने अडानमा थियो । हत्याको अनुसन्धान उच्च अदालतका न्यायाधीशको नेतृत्वमा हुनुपर्ने र यसका लागि एनआइए–सीबीआईको सहयोग लिनुपर्ने परिवारको माग थियो ।
परिवारका सदस्यले खतराको आशंका हुँदा सुरक्षा हटाइएको सूची किन सार्वजनिक गरियो भन्ने प्रश्न उठाएका छन् । यस घटनाका दोषीलाई कारबाही गर्न माग गरेका थिए । । तर, पछि सम्झाइ र आश्वासनपछि मृतकको पोस्टमार्टम गर्न परिवार राजी भयो ।
राज्यका मुख्यमन्त्री भगवन्त मानले मुसेवालाको हत्याको छानबिन गर्न पञ्जाब र हरियाणा उच्च अदालतका वर्तमान न्यायाधीशको पर्यवेक्षणमा न्यायिक आयोग गठन गर्ने घोषणा गरेका छन्।
अर्कोतर्फ, राज्य सरकारी प्रहरी अधिकारीहरूले सबै संदिग्धहरूको पहिचान भइसकेको र छिट्टै पक्राउ गरिने बताएका छन्।
पञ्जाब पुलिसले सोमबार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न पाँच संदिग्धलाई उत्तराखण्डबाट पक्राउ गरेको छ। पाँचै जना उत्तराखण्डको चमोली जिल्लाको हेमकुण्ड साहिब गुरुद्वारा जाँदै थिए।
सुराकीको सूचना पाएपछि प्रहरीले हिरासतमा रहेका अभियुक्तहरुसँग सोधपुछ गरी मूसेवाला हत्यामा उनीहरुको भूमिका के थियो भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ ।
आइतवार, २८ वर्षीय प्रसिद्ध पञ्जाबी गायक सिद्धु मूसेवालालाई पञ्जाबको मानसा जिल्लामा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए। पञ्जाबको भगवन्त मान सरकारले एक दिन अगाडि अर्थात् शनिबार मूसेवालाको सुरक्षामा कटौती गरेको थियो भने दोस्रो दिन नै यो घटना भएको हो ।







डिसी नेपाल







Facebook Comment