विश्वप्रसिद्ध मोनालिसा पेन्टिङमाथि एक व्यक्तिले केक फाले, अशक्त वृद्धाको भेषमा आएका थिए

डिसी नेपाल
१८ जेठ २०७९ १२:०५
84
Shares

काठमाडौं । विश्वकै चर्चित पेन्टिङ मोनालिसामाथि एक व्यक्तिले केक फालेका छन् । यो घटना पेरिसको लुभ्र म्युजियममा भएको हो । एक व्यक्ति वृद्ध महिलाको भेषमा संग्रहालयमा प्रवेश गरेको बताइएको छ ।

व्यक्ति ह्वीलचेयरमा आएका थिए । त्यसपछि उनी पेन्टिङतर्फ लागे र पेन्टिङको सुरक्षाका लागि राखिएको बुलेटप्रुफ सिसामा केक फाले । यति मात्र होइन, व्यक्तिले भुइँमा गुलाबको फूल पनि फाले ।

वृद्धाको भेषमा आएका एक व्यक्तिले पेन्टिङलाई बिगार्ने प्रयास गरे तर बुलेटप्रुफ सिसाले पेन्टिङलाई जोगाउने भएकाले त्यसो गर्न सकेनन् । जानकारी अनुसार यस्तो कार्य गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ ।

पेन्टिङमा भएको आक्रमणको भिडियो भाइरल भइरहेको छ । यसमा देख्न सकिन्छ कि यसो गरेपछि मान्छेले भनिरहेका छन् यो धर्तीको बारेमा पनि सोच्नुहोस्, यस पृथ्वीलाई पनि यसरी नै नष्ट गर्न खोजिरहेका छन्।

यो घटनाका कारण अराजकता मच्चिएको थियो । त्यो मान्छे समातिएका छन् । एक व्यक्ति ह्वीलचेयरमा आएको प्रत्यक्षदर्शीले बताए । उनी उठे र पेन्टिङतिर लागे। डिस्प्लेको सिसा भाँच्न नसकेपछि उनले पेन्टिङमा केक लगाइदिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *