पाकिस्तानी अर्थमन्त्रीले भने- रुसबाट तेल किन्न तयार, विपक्षले उठाए कडा प्रश्न

डिसी नेपाल
१८ जेठ २०७९ १४:१०
192
Shares

काठमाडौं । पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले अमेरिकी प्रतिबन्धको उल्लङ्घन नहुने अवस्थामा आफ्नो देश रुसबाट सस्तो मूल्यमा तेल किन्न तयार रहेको बताएका छन् ।

इस्माइलको यो भनाइलाई लिएर विपक्षी नेता शिरिन मजारीले उनलाई झुटो भनेका छन् ।

सीएनएनलाई दिएको अन्तर्वार्तामा इस्माइललाई भारतजस्तै पाकिस्तान पनि रुसबाट सस्तो मूल्यमा तेल किन्न तयार छ कि भनेर सोधिएको थियो । यसबारे पाकिस्तानी अर्थमन्त्रीले भने, ‘अवश्य पनि हामी यसमा विचार गर्नेछौं।

तर, पाकिस्तानलाई रुसबाट अहिलेसम्म त्यस्तो कुनै प्रस्ताव नआएको इस्माइलले बताए ।

इस्माइलको यो अन्तर्वार्ता क्लिप सेयर गर्दै इमरान खानको सरकारमा मन्त्री रहेका शिरिन मजारीले ट्वीट गरे, “यो मान्छे झूटो हो! तिनीहरूले ४५ दिन पछि भन्छन् कि यदि प्रतिबन्धहरू उल्लङ्घन भएन भने हामी रूसबाट तेल किन्नेछौं। अज्ञानी! रुसबाट तेल किन्नमा कुनै प्रतिबन्ध छैन, भारतलाई सोध्नुहोस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *