अष्ट्रेलियाको नयाँ सरकारमा ३० जनामध्ये १३ जना महिला मन्त्री, दुई जना मुस्लिम

डिसी नेपाल
१८ जेठ २०७९ १४:२६
76
Shares

काठमाडौं । अस्ट्रेलियामा लेबर पार्टीको नयाँ सरकारले बुधबार सपथ ग्रहण गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्नो मन्त्रिपरिषद्मा १३ महिला मन्त्री बनाएका छन् । कुल ३० मन्त्रीमध्ये १३ महिला मन्त्री छन् । एन्थोनी अल्बानीजले पहिलो महिला मुस्लिम मन्त्री पनि बनाएका छन् ।

विजयको ११ दिनपछि अष्ट्रेलियाको राजधानी क्यानबेरामा गभर्नर जनरल डेभिड हर्लेले सपथ ग्रहण गराए । अल्बानीजले ट्वीटरमा लेखेका छन्, ‘विविधतापूर्ण अष्ट्रेलियामा यो समावेशी सरकार पाउँदा हामीलाई गर्व छ। लेबर पार्टी सरकारमा सबै नयाँ सदस्यहरूलाई स्वागत छ।

एनी अली अस्ट्रेलियाको पहिलो मुस्लिम महिला मन्त्री हुन्। उनलाई युवा मन्त्री बनाइएको छ । एद ह्युसिक अल्बानीज सरकारमा उद्योग मन्त्री बनेका अर्का मुस्लिम मन्त्री हुन्। पश्चिमी सिड्नीका लेबर सांसद एद ह्युसिकले कुरानसहित पदको सपथ ग्रहण गरे। एद ह्युसिक अस्ट्रेलियामा पहिलो पुरुष मुस्लिम मन्त्री पनि बनेका छन् ।

अस्ट्रेलियन फेडरेशन अफ इस्लामिक काउन्सिलका अध्यक्ष रातेब जानिदले दुवै मन्त्रीलाई पत्र लेखेर बधाई दिएका छन् । एएफआइसीका कार्यवाहक अध्यक्ष केसर ट्राउडले एसबीएसलाई यो अष्ट्रेलियाको लागि धेरै सकारात्मक कदम भएको बताए। उनले यो मन्त्रिपरिषद्ले अस्ट्रेलियाको प्रतिनिधित्व गरेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *