यो हो संसारको सबैभन्दा पुरानो रूख, उमेर करिब ५४८४ वर्ष

डिसी नेपाल
१८ जेठ २०७९ १६:१५
468
Shares

काठमाडौं । संसारको सबैभन्दा पुरानो रूख दक्षिणी चिलीको एलर्स कोस्टेरो राष्ट्रिय निकुञ्जमा छ। यो एक साइप्रेसको रूख हो। सबैभन्दा पुरानो भन्नुको अर्थ यो रुखको उमेर पृथ्वीमा रहेका सबै रुखभन्दा बढी छ । त्यसैले वैज्ञानिकहरूले यसलाई ‘ग्रेट ग्र्याण्डफादर’ पनि भन्ने गर्छन् ।

पेरिसको जलवायु तथा वातावरण विज्ञान प्रयोगशालाका इकोलोजिस्ट जोनाथन बरिचेभिचले यस साइप्रस रूखको उमेर ५४८४ वर्ष रहेको बताए । ‘हामीले यसको उमेर, साइज, स्प्रेड आदि कम्प्यूटर मोडेलबाट जाँच गरेर पत्ता लगाएका छौं। यो लोप हुँदै गएको रूख हो’ उनले भने ।

जोनाथनले कम्प्युटर मोडलमार्फत यसको ८० प्रतिशत विकासको कथा पत्ता लगाएको बताए । यो रूख तोकिएको उमेरभन्दा कम हुने सम्भावना २० प्रतिशत मात्रै छ। किनभने यस रुखको फेदको व्यास ४ मिटर हुन्छ । त्यसैले यसको रिंग्स गणना गर्न सकिएन। यो रुखले पछिल्लो सबैभन्दा पुरानो रुखको कीर्तिमान तोडेको छ ।

यसअघि क्यालिफोर्नियाको ह्वाइट माउन्टेन्समा रहेको ब्रिस्टलकोन पाइनलाई सबैभन्दा पुरानो रुख भनिन्थ्यो। यसको नाम मेथुसेलाह हो। यसको आयु ४८५३ वर्ष हो। तर ‘ग्रेट ग्र्याण्डफादर’को उमेर ५,४८४ वर्ष हो। जोनाथन भन्छन् कि केही वैज्ञानिकहरू यो खुलासासँग सहमत छैनन्, तर रूखमा प्वाल बनाएर वा नकाटिकन यसको सही उमेर पत्ता लगाउने यो भन्दा सही तरिका हुन सक्दैन।

कोलम्बिया युनिभर्सिटीको ट्री रिङ ल्याबोरेटरीका निर्देशक एड कुक भन्छन् कि यदि हामीले रुखको भित्री रिंगहरू गणना गर्न सक्दैनौं भने यसको सही उमेर निर्धारण गर्न गाह्रो हुन्छ। तर जोनाथनले यस रूखको उमेर गणना गरेको प्रविधि लगभग सही हुन सक्छ। यो रुख ५ हजार वर्षभन्दा पुरानो भएको पुष्टि भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *