सोनिया गान्धीलाई कोभिड पोजेटिभ
नयाँ दिल्ली। भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाइ कोभिड पोजेटिभ भएको छ। कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन्। सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ।
‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने।
उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ।
बुधबार मात्र सम्पत्ति शुद्धीकरण मुद्धामा अध्यक्ष गान्धी र पार्टी नेता राहुल गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment