बेलायतमा मंकीपक्सः यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

डिसी नेपाल
१९ जेठ २०७९ १४:३३
1.7k
Shares

लन्डन। बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । योसँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ।

संक्रमण बढेसँग सरकारले नयाँ निर्देशिका जारी गरेको छ । जसअनुसार भाइरस भएका जो कोहीलाई यौन सम्पर्कबाट टाढा रहन सल्लाह दिएको छ। सावधानीको रूपमा संक्रमणपछि आठ हप्तासम्म कन्डम प्रयोग गर्न भनिएको छ।

संक्रमणको जोखिम न्यून रहेको तर, मानिसहरू नयाँ दाग वा घाउप्रति सर्तक हुनुपर्ने यूकेएचएसएले सुझाव दिएको छ। स्कटल्यान्डमा चार, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा एक जनामा कोभिड देखिएको छ। शरिरमा रातो फोका देखिनु र हल्का ज्वरो आउनु मंकीपक्स संक्रमणका लक्षण हुन्।

भाइरस संक्रमित र उनीहरूको सम्पर्कमा रहेकालाई २१ दिनसम्म घरमा अलग्गै बस्न भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *