सोनिया गान्धीलाई कोरोना संक्रमण

डिसी नेपाल
१९ जेठ २०७९ १९:३७
44
Shares

नयाँ दिल्ली । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाइ कोरोना संक्रमण भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ ।

‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने ।
उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ ।

बुधबार मात्र सम्पत्ति शुद्धीकरण मुद्धामा अध्यक्ष गान्धी र पार्टी नेता राहुल गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *