कश्मीरमा हिजबुलका कमाण्डर मारिए
काठमाडौं । जम्मू कश्मीर प्रहरीले अनन्तनागको कपरानमा सुरक्षा बल र चरमपन्थीबीचको भिडन्तमा हिजबुल मुजाहिद्दीनका एक कमाण्डर मारिएको जनाएको छ। यस भिडन्तमा तीन सैनिक र एक नागरिक पनि घाइते भएका छन्।
हिजो रातिदेखि यो भिडन्त जारी छ । भिडन्तमा मारिएका कमाण्डर निसार खण्डे रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट हतियार समेत बरामद गरेको दाबी गरेको छ ।
अर्को घटनामा, शुक्रबार राति शोपियानको एल्गार क्षेत्रमा ग्रेनेड विस्फोटमा दुई गैर-कश्मीरी कामदार घाइते भएका छन्। दुवै कामदारलाई सामान्य चोट लागेको र उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले भनेको छ कि “आतंकवादीहरूले एल्गारमा हाते ग्रेनेड प्रहार गरे, जसमा दुई गैर-कश्मीरी कामदारहरू सामान्य घाइते भए। क्षेत्र घेराबन्दी गरिएको छ।”
पछिल्लो २४ घण्टामा गैर-कश्मीरी मजदुरमाथि यो दोस्रो आक्रमण हो। बिहीबार राति बडगाममा दुई गैर-कश्मीरी कामदारमाथि गोली प्रहार गरिएको थियो। उक्त गोलीबारीमा बिहारका एक मजदुरको मृत्यु भएको थियो।







डिसी नेपाल







Facebook Comment