किम कार्दाशियन मानिसको दिसा खान तयार
काठमाडौं । अमेरिकी टिभी स्टार किम कार्दशियन प्रायः आफ्नो पहिरनका कारण चर्चामा रहने गर्छिन् । तर अब किमले यस्तो बयान दिएकी छन्, जुन सुनेर सबै छक्क पर्नेछन् । यसलाई किमको जवान देखिने जुनून भन्नुहोस् वा सौन्दर्यको जुनून, तर किमको यो भनाइले तपाईलाई पक्कै सोच्न बाध्य तुल्याउँछ।
किम कार्दशियनले आफ्नो ग्ल्यामर र सौन्दर्य कायम राख्न धेरै गर्छिन् । किम सधैं परफेक्ट बडी शेपमा रहन्छिन् । किमले आफ्नो हालैको एक अन्तर्वार्तामा दिसा खाएर जवान देखिने भए आफू त्यसको लागि पनि तयार रहेको बताइन् ।
न्युयोर्क टाइम्ससँगको कुराकानीमा किमले भनिन्– यदि तपाईंले मलाई जवान देखिनको लागि मैले दैनिक दिसा खानुपर्छ भन्नुभयो भने शायद म तयार हुनेछु ।’ अब किमको यो भनाई सुनेर तपाई पनि अचम्ममा पर्नु भएको होला ।
किम कार्दशियन पनि एक सफल उद्यमी हुन्। भर्खरै उनले आफ्नो नयाँ स्किनकेयर ब्रान्ड एसकेकेएन घोषणा गरेकी छिन्। किमको नयाँ स्किनकेयर लाइनमा ९ उत्पादन छन् । क्लिन्जर, टोनर, एक्सफोलिएटर, हाइलुरोनिक एसिड सीरम, फेस क्रीम, आई क्रिम, आयल ड्रप, नाइट आयल उनका उत्पादन हुन् ।
किम कार्दशियन सामाजिक सञ्जालको चर्चामा रहन्छिन् । किमको सुन्दरता र परफेक्ट आकारमा मानिसहरु पागल हुन्छन् । किमले सामाजिक सञ्जालमा आफ्नो सुन्दरता फैलाउन कुनै कसर बाँकी राख्दिनन् । किमलाई उनको फेसन सेन्सका कारण मानिसहरुले मन पराउँछन् ।
किम कार्दशियन विगतमा उनको मेट गाला लुकलाई लिएर चर्चामा थिइन् । किमले मेट गालामा मर्लिन मुनरोको आइकोनिक पोशाक लगाएकी थिइन्। यो पोशाकमा फिट हुन किमले ३ हप्तामा ७ किलो तौल घटाएकी थिइन् । उक्त पहिरनमा किम निकै आकर्षक देखिएकी थिइन् ।
किम कार्दशियन कमेडियन पीट डेभिडसनसँग डेट गरिरहेकी छिन् । पीट २८ वर्षका छन् भने किम ४० वर्षकी छन् । किम आफ्ना पूर्व पति कान्ये वेस्टसँग अलग भएकी छिन् । सम्बन्ध बिग्रिएपछि उनीहरुबीच निकै विवाद भएको थियो । यस विवाहबाट दुवैका ४ सन्तान छन् ।







डिसी नेपाल







Facebook Comment