बाराको कलैयामा अवैध सालको गोलिया बरामद

डिसी नेपाल
२९ जेठ २०७९ २१:०८

बारा । बाराको कलैया उपमहानगरपालिकाबाट लुकाई छिपाई राखेको सालको गोलिया बरामद भएको छ । आइतबार दिउँसो मधुबन बन कार्यालय, जैतापुर बन कार्यालय र जैतापुर प्रहरी चौकीको संयुक्त टोलीले आठ थान गोलिया बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्लाको कलैया उपमहानगरपालिका २१ स्थित भोडाहामा बन र प्रहरीको संयुक्त टोलीले सोही स्थान बस्ने शिव बिहारी चौधरीको बगैँचाबाट ५ फिट लम्बाई, ५ फिट चौडाइ भएको २ थान सालको गोलाई र ममताज अन्सारीको बगैँचाबाट विभिन्न साइजका ६ थान सालको गोलाई गरी ८ थान सालको गोलाई बरामद गरेको गोलाई करिब ४५ क्युफिट रहेको बन कार्यालयले जनाएको छ ।

उक्त गोलाईको मुल्य करिब २ लाख बराबरको रहेको र बरामद भएको सालको गोलाई मधुबन बन कार्यालयलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *