सभामुख सापकोटा अजरबैजान प्रस्थान

डिसी नेपाल
१४ असार २०७९ १३:४६
64
Shares

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन्। अजरबैजान संसदको आयोजनामा १६–१८ असारसम्म हुने कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

उनका अनुसार टोलीमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाकासदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक रहेका छन्।

अजरबैजानमा हुने कार्यक्रममा सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एंव महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसद्हरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्ने प्रवक्ता पाण्डेले जानकारी दिए।

सम्मेलनका क्रममा सभामुख सापकोटाले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम पनि छ । सो टोली १९ असारमाा स्वदेश फर्किनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.