माधव नेपालसँग भारतीय राजदूत श्रीवास्तवको भेट
काठमाडौं । भारतीय नवनियुक्त राजदूत नवीन श्रीवास्तवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । शनिबार बेलुकी अध्यक्ष नेपाललाई भेट्न राजदूत श्रीवास्तव कोटेश्वरमा पुगेका हुन् ।
नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको जनाएका छन् । त्यस्तै नेपाल भारत-सम्बन्ध र अहिले समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालले फेसबुकमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment