अदुवाले बजार नपाउँदा लमजुङका किसान चिन्तित

डिसी नेपाल
२८ असार २०७९ ११:२३
44
Shares

लमजुङ। लमजुङ राइनासका किसानहरू अदुवाले बजार नपाउँद चिन्तामा परेका छन्। राइनास नगरपालिका-५ तिनपिप्लेका स्थानीयले सामूहिक रूपमा अदुवा खेती गरी उत्पादन गरेको करिब १० क्विन्टल अदुवाले बजार नपाएको हो।

प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहमा आबद्ध २५ जना किसानले गत वर्ष सामूहिक हलेदो र अदुवा खेती गरेका थिए। नगरपालिकाको सहयोगमा उनीहरूले करिब ५० रोपनी जग्गा भाडामा लिएर गत वर्ष लगाएको हलेदो र अदुवामध्ये अदुवा बिक्री हुन नसकेको हो।

४० रोपनी बढी जग्गामा लगाएको हलेदो तत्कालै बिक्री भए पनि पाँच रोपनी जग्गामा लगाएको अदुवाले बजार नपाउँदा भने किसानले यस वर्ष अदुवा खेती नै नगरेको बताएका छन्। उत्पादित अदुवामध्ये करिब १५ सय किलो बिक्री गरे पनि अझै १० क्विन्टल बढी अदुवा स्टोर गरी राखेको प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहका सल्लाहकार पूर्णबहादुर नेपालीले बताए।

प्रतिकेजी एक सय ५० रुपैयाँसम्म तिरेर सल्यानदेखि बीउ खरिद गरी अदुवा खेती गरेका किसानले अहिले प्रतिकेजी ५५ देखि ६० रुपैयाँसम्म दिँदा पनि अदुवाले बजार पाउन नसकेको समूहका उपाध्यक्ष रामशाली नेपालीको भनाइ छ।

सामूहिक खेतीका लागि राइनास नगरपालिकाले गत वर्ष मसलाबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत करिब आठ लाख बराबरको हातेक्याक्टर, औजार उपकरण र अदुवा तथा हलेको बीउ सहयोग गरेको थियो। नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै सामूहिक खेतीतर्फ उत्साहित बनेका किसानहरूले आलु खेतीसमेत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *