युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए
न्युयोर्क। रुसी हमलामा युक्रेनमा हालसम्म १५ हजार जनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन्।
‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा घाइते भएका छन्। तसर्थ रुसी हमलामा धेरै ठूलो क्षति भएको छ’ कोलोराडोको एस्पेन सुरक्षा फोरममा बर्नसले भने।
युक्रेनले ठूलो पीडा सामना गरेको उनले बताएका छन्। ‘र, युक्रेनीहरूले पनि पीडा भोगेका छन्, सायद त्यो भन्दा अलि कम’, उनले भने।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment