प्रेस युनियनको महाधिवेशन सुरु, अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्ने
हेटौंडा। नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सुरु भएको छ । हेटौँडामा अहिले उद्घाटनसत्र चलिरहेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापासहित शीर्ष नेता उद्घाटनसत्रमा सहभागी छन् ।
प्रेस युनियन निर्वाचन समितिका अनुसार अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्नेछ।वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ हजार, उपमहाचिवले २० हजार, सचिवले २० हजार, कोषाध्यक्षले २० हजार, केन्द्रीय सदस्यले १५ हजार, केन्द्रीय लेखा समिति संयोजकले २० हजार र केन्द्रीय लेखा समिति सदस्य उम्मेदवारले मनोनयन दस्तुर बुझाउनुपर्ने निर्वाचन समिति संयोजक एगराज पोखरेलले जानकारी दिए ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment