जो बाइडेनलाई क्यान्सर भएको हो ?
काठमाडौं । के अमेरिकी राष्ट्रपति जो बाइडेन क्यान्सर रोगी हुन्? म्यासाचुसेट्समा एक कार्यक्रममा भेलालाई सम्बोधन गर्दा बाइडेनले क्यान्सर भएको कुरा भनेका थिए। आखिर उनको यो भनाइको पछाडि सत्यता के छ र यस सम्बन्धमा ह्वाइट हाउसले जारी गरेको स्पष्टीकरणमा के भनिएको छ ?
जो बाइडेनले म्यासाचुसेट्सको पुरानो कोइला खानी भ्रमण गरे। यस क्रममा उनले भने- मेरी आमाले हामीलाई हिँड्न दिनुको सट्टा कारबाट छोड्नुहुन्थ्यो। जाडोमा, हामीले हाम्रो कारको झ्यालबाट तेल सफा गर्न वाइपरहरू प्रयोग गर्नुपर्थ्यो।
बाइडेनले वास्तवमा यस क्षेत्रमा तेल प्रशोधन कारखानाबाट हुने प्रदूषणको बारेमा कुरा गरिरहेका थिए। यही कारणले गर्दा आफू र उनीजस्ता धेरैलाई क्यान्सर भएको उनको भनाइ छ । लामो समयदेखि, देशमा सबैभन्दा धेरै क्यान्सरका केसहरू डेलावेयरबाट आएका थिए।
उनको भनाइपछि जनता छक्क परेका छन् । सामाजिक सञ्जालमा, जहाँ मानिसहरूले राष्ट्रपति जो बाइडेनलाई क्यान्सर भएको पत्ता लागेकोमा शोक व्यक्त गरे, उनीहरूले उनको स्वास्थ्यको कामना गर्दै पोस्टहरू पनि साझा गरे। ह्वाइट हाउसले यस सम्बन्धमा स्पष्टीकरण दिनुपरेको थियो।
ह्वाइट हाउसले आफ्नो स्पष्टीकरणमा राष्ट्रपतिलाई अहिलेसम्म क्यान्सर नभएको बताएको छ । उनले आफ्नो छालाको क्यान्सर उपचारको बारेमा कुरा गरिरहेका थिए। राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नु अघि, जो बाइडेनले छालाको क्यान्सर रुमुभल गरेका थिए । उनले गल्तीवश आफूलाई क्यान्सर भएको बताएका थिए ।
वाशिंगटन पोस्टको तथ्य जाँच टोलीले यस सम्बन्धमा बाइडेनको २०२१ को मेडिकल रिपोर्ट पनि साझा गरेको छ। यो रिपोर्टमा बाइडेनले आफ्नो युवावस्थाको लामो समय घाममा बिताएको उल्लेख गरिएको छ । यसको कारण, उनको छालामा धेरै गैर-मेलानोमा छालाको क्यान्सर थियो। राष्ट्रपतिको कार्यकाल सुरु हुनुअघि नै मोहसको शल्यक्रिया गरेर यसलाई हटाइयो। पछि उनको पूरै शरीरको परिक्षण गरियो र अहिले उनको शरीरमा छालाको क्यान्सरको शंकास्पद लक्षण देखिएको छैन ।
राष्ट्रपति जो बाइडेनले आफ्नो बाल्यकालको लामो समय डेलावेयरको क्लेमोन्टमा बिताए। यो क्षेत्र तेल प्रशोधन गर्ने केन्द्र हो। बाइडेन यहाँ आयोजित एक कार्यक्रममा ग्लोबल वार्मिङ र तेल प्रशोधन कारखानाबाट उत्सर्जनको बारेमा कुरा गर्दै थिए।







डिसी नेपाल







Facebook Comment