२० करोड रूपैयाँको रक्सी चोरेर मोडल फरार, ४ देशको प्रहरीले ९ महिनासम्म खोजे
काठमाडौं । रेष्टुरेन्टबाट मदिरा चोरेको आरोपमा एक मोडल पक्राउ परेकी छन् । चोरी भएको मदिराको मूल्य करिब २० करोड रुपैयाँ (१.६ मिलियन युरो) रहेको छ । २९ वर्षीया मोडललाई उनका एक साथीसहित पक्राउ गरिएको छ । प्रहरीका अनुसार पहिलो पटक चोरीको खोजी गरिएको थियो ।
मोडलको नाम प्रिसिला लारा ग्वेरा हो। उनी मेक्सिकोकी बासिन्दा हुन् । उनी हालै रोमानियाली-डच पार्टनरसँग रक्सी चोरीको आरोपमा पक्राउ परेकी छिन्। गत वर्ष अक्टोबरमा उनले क्रोएसियाको एक लक्जरी रेस्टुरेन्टबाट १.६ मिलियन युरो मूल्यको उच्च गुणस्तरको मदिरा चोरेको आरोप छ।
प्रिसिला मेक्सिकोमा मिस अर्थ–२०१६ पनि बनिसकेकी छिन् । उनलाई मेक्सिकन ‘ब्युटी क्वीन’ पनि भनिन्छ । अहिले उनी चोरी मुद्दामा पक्राउ परेपछि चर्चामा छन् ।
‘डेलीमेल’को रिपोर्ट अनुसार प्रिसिला र उनका सहयोगी ४५ बोतल मूल्यवान रक्सी र १९ औं शताब्दीको दुर्लभ रक्सीको बोतल चोरेको आरोपमा पक्राउ परेका छन् । रेष्टुरेन्टमा भान्साको सेवा बन्द भएपछि उनले वेटरलाई अर्डर गरेर अलमल पारे र मास्टर चाबीले गोप्य रूपमा ढोका खोलेर मदिरा गोदाममा प्रवेश गरेको आरोप छ ।
त्यहाँ उनीहरूले महँगो बोतलहरू आफ्नो झोलामा भरेर रेष्टुरेन्टबाट निस्किएर फरार भए । सीसीटीभीमा उनी होटलबाट बाहिरिने क्रममा झोला बोकेर हिँडेको देखियो । चोरीको घटनापछि खलबली मच्चिएको थियो । स्पेनिस, डच, क्रोएसियाली र रोमानियाली प्रहरीका साथै प्रिसिला र उनको सहयोगीलाई खोज्न इन्टरपोलको सहयोग लिइएको थियो ।
अन्ततः सीमा पार गर्ने क्रममा क्रोएसियाली प्रहरीले उनीहरूलाई समात्यो । हाल सुपुर्दगीको प्रक्रिया बाँकी छ । रिपोर्टका अनुसार ती जोडी क्रोएसियामा बस्दै आएका थिए। उनीहरूलाई अब स्पेन सुपुर्दगी गरिने भएको छ ।







डिसी नेपाल







Facebook Comment