यो दिशामा राख्नुहोस् गुलाबको पत्रले भरिएको भाँडा, खुशी प्राप्त हुनेछ

डिसी नेपाल
१२ साउन २०७९ १४:३७
76
Shares

काठमाडौं । जब तपाईले कसैलाई उसको मनपर्ने फूल सोध्नु भयो भने धेरैले गुलाबको नाम लिन्छन्। गुलाबको फूल र त्यसको सुगन्धले मानिसलाई त्यसतर्फ आकर्षित गर्नु स्वभाविक कुरा हो । तर आज हामी वास्तुशास्त्र अनुसार घरमा गुलाबको फूलको महत्वका बारेमा बताउँछौं ।

बिहानीपखको वातावरणमा ताजगी र बिहानीमा ताजा गुलाबको सुगन्धले तपाईको दिन राम्रो वित्ने बताइन्छ । भनिन्छ गुलाबको सुगन्धले तपाईको दिन राम्रो बनाउन सक्छ । दिनको शुरुवात राम्रो हुँदा दिनभरी राम्रै बित्छ। सबै काम राम्ररी सम्पन्न हुन्छ। बिना कुनै अवरोध। जब तपाईं सकारात्मकताका साथ दिनको सुरुवात गर्नुहुन्छ, तब तपाईंको सम्पूर्ण दिन राम्रोसँग बित्छ।

यदि तपाईको मन खुशी छ भने तपाईको काम पनि राम्रो हुनेछ र तपाईको वरपरका मानिसहरू पनि तपाईलाई खुशी देखेर खुशी हुनेछन्। वास्तुशास्त्र अनुसार एक सानो भाँडामा गुलाब फुलका पत्रहरु राखेर पूर्व दिशामा राख्नुहोस् । यसले तपाईको घर अफिसमा खसियाली ल्याउँदछ ।

रूम फ्रेशनर र परफ्यूमको काम- जहाँ गुलाबले घरमा सकारात्मक उर्जा ल्याउँछ। यसको सुगन्धका कारण कुनै केमिकल रुम फ्रेसनर र परफ्युमको आवश्यकता पर्दैन। पूरै घर दिनभरि नैं सुगन्धले सुगन्धित हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *