‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमको साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचार, यी हुन् मुछिएका ८ जना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दास, ओमसत्य साई प्रालि वीरगञ्जकी म्यानेजिङ डिरेक्टर रेनु अग्रवाल, बोलपत्र मूल्यांकन समितिका अध्यक्ष दिलिपकुमार प्रधान र सदस्य सचिव सुरेन्द्रकुमार कर्णविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी परेपछि असोज १२ गते दिउँसो बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेको थियो।
अनुसन्धान हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,मधेश प्रदेश जनकपुरधाम धनुषाले बोलपत्रबाट लेडिज साइकल खरिद गर्दा अनियमितता गरी बदनियतपूर्वक कानून बिपरीतका कार्य गरी प्रदेश सरकारलाई हानिनोक्सानी पुर्याएको देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारले प्रदेश सचिव याम प्रसाद भूसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल र साइकल आपूर्ति गर्ने कम्पनी ओम सत्य साई प्रालिकी प्रबन्ध निर्देशक रेनु अग्रवालसँग १० करोड ३३ लाख ७५८ रुपैयाँ विगो माग दाबी गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment