सुर्खेतमा थपिए आठ हजार ६ सय २० मतदाता

डिसी नेपाल
२० साउन २०७९ १३:२१

सुर्खेत। सुर्खेतमा आठ हजार ६ सय २० मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालयले १९ साउनसम्म मतदाता नामावली संकलन गरेको थियो।

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन कार्यालय सुर्खेतले असार १ देखि १९ साउनसम्म एक महिना १९ दिन अभियान सञ्चालन गरेको थियो। सुर्खेतको तीन ठाउँबाट नामावली दर्ता तथा पुरानो अद्यावधिक गरिएको थियो। अद्यावधिकको विवरण भने केही दिनपछि मात्रै सार्वजनिक हुने प्रदेश निर्वाचन प्रमुख दुर्गाप्रसाद चालिसेले बताए।

१३ चैत २०७८ मा प्रकाशन भएको मतदाता सूचीअन्तर्गत सुर्खेतमा दुई लाख ३८ हजार चार सय ५७ जनाको मतदाता थिए। १९ साउनसम्म प्रदेश निर्वाचन कार्यालयले सुर्खेतमा आठ हजार ६ सय २० जनाले मतदाता नामावली दर्ता गरेको जनाएको छ। प्रदेश र संघको निर्वाचनमा सुर्खेतमा दुई लाख ४६ हजार मतदाता हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *