उपत्यकामा ३ हजारभन्दा बढी सवारी चालकमाथि कारवाही
काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारवाही गरेको छ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १२२ र नप्वर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक छन्।
यस्तै, २ हजार ५९६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment