आमा बनिन् अभिनेत्री सोनम कपुर

डिसी नेपाल
५ भदौ २०७९ १०:१०
1.4k
Shares

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर छोराको आमा बनेकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले छोरा जन्मेको जानकारी दिएकी हुन्।  सोनम कपुरले  बिजनेसम्यान आनन्द आहुजासँग मे २०१८ मा विवाह गरेको थियो ।

सोनमको डेलिभरी मुम्बईको एक निजी अस्पतालमा भएको थियो। सोनम र आनन्दले इन्स्टाग्राममा स्टेटमेन्ट सेयर गर्दै सन्तान प्राप्तीबारे जानकारी दिएका छन् । जसमा लेखेका छन, ‘अगस्ट २० तारिखमा हामीले सुन्दर बच्चालाई स्वागत गरेका छौं । सबै डाक्टर, नर्स, साथी र परिवारलाई धन्यवाद जसले हामी यात्रामा साथ दिनुभयो । यो एउटा यात्राको सुरुआत मात्र हो । हामीलाई लाग्छ, हाम्रो जीवन सँधैको लागि बदलिएको छ ।’

 

View this post on Instagram

 

A post shared by Sonam Kapoor Ahuja (@sonamkapoor)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *