भवन बनेको तीन वर्षमा पनि सञ्चालनमा आएन प्रसूति गृह

डिसी नेपाल
६ भदौ २०७९ १०:२१
40
Shares

रौतहट। भवन बनेको तीन वर्ष नाघि सक्दा समेत गुजरा नगरपालिकाको प्रसूति गृह अझै सञ्चालनमा आउन सकेको छैन।

नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको सहयोगमा निमार्ण भएको उक्त भवन सञ्चालनमा आउन नसक्दा प्रसूति सेवा लिने स्थानीयवासी अन्यत्र जानुपर्ने बाध्यता छ।

तीन वर्षअघि भवन निर्माणको काम सकिएको भए पनि गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनमा ल्याउन नसक्दा प्रसूति गराउन चन्द्रनिगाहपुर र वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको स्थानिय गोबिन्द सापकोटाले बताए। उनका अनुसार राती प्रसूति गराउनका लागि निकै समस्या हुदैँ आएको छ।

करिब ४१ लाखको लागतमा गुजरा नगरपालिका– २ को कटानी बजारमा उक्त भवन निमार्ण गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *